अलमल र समस्यामा एकिकृत समाजवादी, आजको बैठकले निष्कर्ष निकाल्ला ?

एमाले र अध्यक्ष केपी शर्मा ओलीसँग साह्रै तितो सम्बन्धका कारण खुलेर सरकारमा जान पनि अफ्ठेरो छ । सरकारमा नजाँदा अस्तित्व थप संकटमा पर्ने र पार्टीको नामै नसुनिने डर रहेको कुरा केन्द्रीय सदस्यहरुले नै बताइसकेका छन् ।

नेपालभ्युज

अलमल र समस्यामा एकिकृत समाजवादी, आजको बैठकले निष्कर्ष निकाल्ला ?

काठमाडौं । नेकपा एमालेबाट छुट्टिएर बनेको नेकपा एकिकृत समाजवादी पार्टी अलमल र समस्यामा परेको छ । गठबन्धन गरेर प्रत्यक्षतर्फ १० सिट जितेको एकिकृत समाजवादीभित्र अहिले सरकारमा जाने कि नजाने भनेर अन्योल सृजना भएको छ ।

यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चासँग गठबन्धनमा रहेको एकिकृत समाजवादी अहिले गठबन्धन भत्किएसँगै समस्यामा छ । एमाले र अध्यक्ष केपी शर्मा ओलीसँग साह्रै तितो सम्बन्धका कारण खुलेर सरकारमा जान पनि अफ्ठेरो छ । सरकारमा नजाँदा अस्तित्व थप संकटमा पर्ने र पार्टीको नामै नसुनिने डर रहेको कुरा केन्द्रीय सदस्यहरुले नै बताइसकेका छन् ।

शनिबार र आइतबार बसेको स्थायी समितिको बैठकमा पनि केहि सदस्यले सरकारमा जानुपर्छ भनेका छन् भने केहि जानु हुँदैन भनेका छन् । केहीले प्रचण्ड सरकारलाई समर्थन मात्र गर्नुपर्ने भनेका छन् भने सरकारमै जानुपर्ने केही नेताको जोड छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गरे पनि नेकपा एसले संस्थागत निर्णय गरेको छैन । बैठकपछि सञ्चारकर्मीहरुसँग पार्टीका सम्मानित नेता झलनाथ खनालले नेकपा एस अहिले पर्ख र हेरको अवस्थामा रहेको बताए । उनले आफूहरु वामपन्थी एकताको पक्षमा रहेको सुनाए ।

एकिकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठक आज सोमबार बस्दैछ । बैठकले सरकारमा सहभागि हुने कि नहुने भन्ने विषयमा निर्णय गर्नेछ । स्थायी कमिटी बैठकमा धेरैजसो सदस्यले सरकारमा सहभागि हुनुपर्छ भन्ने राय राखेकाले पोलिटब्युरो बैठकमा पनि त्यस्तै आवाज बलियो हुने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved