एमाले लुम्बिनी प्रदेशसभा दलको नेतामा लीला गिरी, मुख्यमन्त्री बन्ने सम्भावना

एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज रहेका गिरी चयन भएकाले मुख्यमन्त्रीमा उनको सम्भावना बलियो भएको हो। उनी रुपन्देही क्षेत्र न २(१) बाट निर्वाचित हुन्।

नेपालभ्युज

एमाले लुम्बिनी प्रदेशसभा दलको नेतामा लीला गिरी, मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य लीला गिरीको सम्भावना बढेको छ।

एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज रहेका गिरी चयन भएकाले मुख्यमन्त्रीमा उनको सम्भावना बलियो भएको हो। उनी रुपन्देही क्षेत्र न २(१) बाट निर्वाचित हुन्।

यसअघि एमाले महासचिव शंकर पोखरेलले दाङ पुगेर लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने बताइसकेका थिए। संसदीय दलको नेतामा लीला गिरीसँगै चेतनारायण आचार्य पनि आकांक्षी थिए।

दाङको देउखुरीमा आइतबार पार्टीका महासचिव शंकर पोखरेल, सचिव छबिलाल विश्वकर्मालगायतको उपस्थितिमा बैठक बसेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved