टी-ट्वान्टी लिगमा पोखराको जित, शेख दाजुभाइको उत्कृष्ट साझेदारी

नेपालभ्युज

टी-ट्वान्टी लिगमा पोखराको जित, शेख दाजुभाइको उत्कृष्ट साझेदारी

काठमाडौं। राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा पोखरा एभेन्जर्सले लगातार दोस्रो जित हात पारेको छ । प्रतियोगिताको छैटौं खेलमा पहिलो जित हात पारेको पोखराले आफ्नो सातौं खेलमा पाँच खेलसम्म अपराजित रहेको लुम्बिनी अल स्टारलाई ९ विकेटले पराजित गरेको हो ।

टियु मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पोखराले १८.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

पोखरालाई जित दिलाउने क्रममा आरिफ शेख र आसिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए । आसिफ ६२ बलमा ७७ रनमा अविजित रहँदा आरिफले अविजित २६ रन बनाए । सुमित मर्हजन १३ रनमा आउट भए ।

लुम्बिनीका लागि किशोर महतोले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.५ ओभरमा अलआउट हुँदै १ सय २७ रन बनायो । लुम्बिनीका लागि हरमित सिंहले ३८ तथा श्याड्ली भानले १६ रन बनामए । सुनिल धमला १५ रनमा आउट हँदा योगेन्द्र सिंह कार्कीले १३ रन बनाए ।

सात खेल खेलेर दोस्रो जित हात पारेर ४ अंक सहित पोखरा अंक तालिकाको पाँचौ स्थानमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved