निर्मला हत्याकाण्डबारे गृहमन्त्रीले लिए बिफ्रिङ

नेपालभ्युज

निर्मला हत्याकाण्डबारे गृहमन्त्रीले लिए बिफ्रिङ

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले निर्मला हत्याकाण्डबारे नेपाल प्रहरीका उच्च अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् ।

गृहमन्त्री नियुक्त भएलगत्तै निर्मला पन्तको परिवारलाई न्याय दिलाउन पहल गर्ने पहिलो निर्णय गरेका गृहमन्त्री लामिछानेले शुक्रवार नेपाल प्रहरीका उच्च अधिकारीहरूसँग ब्रिफिङ लिएका हुन् ।

गृहमन्त्रालयका अनुसार उपप्रधानमन्त्री समेत रहेका उनले प्रहरी महानिरीक्षक, अतिरिक्त महानिरीक्षक, नायब निरीक्षकहरूसहितको टोलीसँग हालसम्म भएको अनुसन्धान प्रगतिबारे ब्रिफिङ लिएका हुन् ।

कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–२, उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको ०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved