नेपालमा एकोर र मर्क्यूअर ब्रान्ड डेब्यु गर्न सम्झौता

नेपालभ्युज

नेपालमा एकोर र मर्क्यूअर ब्रान्ड डेब्यु गर्न सम्झौता

काठमाडौ । होटल व्यवस्थापनको लागि विश्वकै चर्चित समूह एकोर ग्रुपको व्यवस्थापनमा नेपालमा पहिलो होटल सञ्चालन हुने भएको छ । एसिया, युरोप, अफ्रिका एवम् मध्यपूर्वका १०० बढी देशका ५ हजार ३ सय बढी होटलहरुको व्यवस्थापन हेरिरहेको उक्त ग्रुपले काठमाडौंमा निर्माणाधीन द मेट्रोपोलिटन होटलको व्यवस्थापन हेर्ने भएको हो ।

एकोरले मर्क्यूअर होटेलको नामबाट १०५ कोठाको उक्त १० तले पाँच तारे होटल सञ्चालनमा ल्याउनेछ । होटलमा जिम, स्विमिङ पुल लगायत पाँच तारे होटलमा आवश्यक सबै सुविधा उपलब्ध हुनेछन् ।

होटल सञ्चालनमा ल्याउनका लागि एकोर र मेट्रोपोलिटन होटलबीच भएको सम्झौतामा दुवै कम्पनीका निर्देशकहरुले यो सहकार्य र व्यवसाय विस्तारलाई नेपालको पर्यटनको विकासमा सकारात्मक फड्को भनेका छन् । एकोर कम्पनीले नेपालमा आउने विदेशी पाहुनाहरूलाई विश्वस्तरीय सेवाको साथमा नेपाली परम्पराअनुसारको आतिथ्यता दिएर स्वागत गर्ने जनाएको छ ।

यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, व्यापार केन्द्रहरू, कर्पोरेट भवनका साथै फिटनेस केन्द्रहरूको नजिक छ । होटलको यो अवस्थितिले धेरैभन्दा धेरै मानिसहरुलाई रेस्टुरेन्टको साथै सेमिनार, बैठक र सम्मेलनहरूको सुविधा उपलब्ध गराउने छ ।

हस्ताक्षर समारोहमा बोल्दै मेट्रोपोलिटन होटलका अध्यक्ष देशबन्धु बस्नेतले एकोरसँगको सहकार्यले आपसी समझदारी र सहकार्यको दीर्घकालीन सम्बन्धको सुरुवात गरेको बताए । उनले विश्वस्तरको ब्राण्डलाई नेपालमा ल्याउन पाउनु गौरवको कुरा भएको बताउँदै नेपालमा आउने आगन्तुकहरुले विश्वस्तरीय हस्पिटालिटी सेवा लिन पाउने अवसर सृजना भएकोमा खुसी व्यक्त गरे । उनले यो सम्झौता र सहकार्यले दुवै कम्पनीहरुलाई नयाँ उचाइ दिने विश्वास समेत व्यक्त गरे ।

बस्नेत नेपालको एबी होल्डिङ्सका अध्यक्षसमेत हुन् । यो कम्पनीले नेपालका विभिन्न भागमा होटल, रिसोर्टलगायत इन्जिनियरिङ र स्वास्थ्यका क्षेत्रमा धेरै प्रोजेक्टहरुमा लगानी गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved