सेयर बजारमा आज पनि उच्च अंकको वृद्धि

पौडेल अर्थमन्त्री भएसँगै मंगलबार लगातार दोस्रो दिन पनि ३ प्रतिशत माथिको वृद्धि भएको छ । नयाँ सरकार गठनपछिको दुई दिनमै नेप्से करिब ११७ अंकले बढेको छ ।

नेपालभ्युज

सेयर बजारमा आज पनि उच्च अंकको वृद्धि

काठमाडौं। सेयर बजारमा दोस्रो दिन पनि उच्च अंकको वृद्धि भएको छ । नयाँ सरकार गठनपछिको लगातार बढेको नेप्से  मंगलबार बजार परिसूचक नेप्से ५९.८७ अंक (३.११ प्रतिशत) ले वृद्धि हुँदा १९८३.९५ अंकमा बन्द भएको छ ।

सोमबार प्रचण्डको नेतृत्वको सरकारमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने करिब निश्चित हुँदा नेप्से ३ प्रतिशत भन्दा माथिले वृद्धि भएको थियो ।

पौडेल अर्थमन्त्री भएसँगै मंगलबार लगातार दोस्रो दिन पनि ३ प्रतिशत माथिको वृद्धि भएको छ । नयाँ सरकार गठनपछिको दुई दिनमै नेप्से करिब ११७ अंकले बढेको छ ।

नेप्सेसँगै सबै उपसूचकमा हरियाली छाउँदा लगानी उपसूचक सर्वाधिक ६.४३ प्रतिशत, हाइड्रोपावर उपसूचक ४.६८ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी र होटल तथा पर्यटन उपसूचक पनि ४ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ ।

सोमबार नेप्सेमा १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड ४३ लाख ९७ हजारको कारोबार भएको छ । जुन कारोबार रकम पछिल्लो चार महिना यताकै उच्च हो । मंगलबार कारोबार भएकामध्ये लक्ष्मी बैंकको सर्वाधिक २० करोड ९४ लाख ९१ हजारको कारोबार हुँदा नेपाल दुरसञ्चार कम्पनीको १४ करोड २ लाख ८ हजार र हिमालयन डिस्टिलरीको १२ करोड १४ लाख ९७ हजारको कारोबार भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved