विकास बोर्डको नियम संशोधन, ४ दिनअघि फिल्म सेन्सर सिफारिस लिए हुने

नेपालभ्युज

विकास बोर्डको नियम संशोधन, ४ दिनअघि फिल्म सेन्सर सिफारिस लिए हुने

काठमाडौं। चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिनका लागि चलचित्रको सार्वजनिक प्रदर्शन हुने मिति परिमार्जन गरेको छ। बोर्डले  चलचित्रको सार्वजनिक प्रदर्शन हुने मितिभन्दा कम्तीमा ७ (सात) दिन अगावै दरखास्त पेश गर्नुपर्ने नियमलाई परिमार्जित गर्दै अब ४ (चार) दिन अगावै दरखास्त पेश गर्नुपर्ने गरी निर्णय गरेको छ ।

११ पौष २०७९ मा बसेको चलचित्र विकास बोर्डको बैठकले यो नियमलाई संशोधन गरेको हो ।

यसैगरी, अब बेलुकी ११ बजेपछि चलचित्र प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित गर्नुपर्ने र त्यसरी उक्त समयमा चलचित्र प्रदर्शन गर्नुपरेमा प्रदर्शन गर्नु अगावै बोर्डलाई जानकारी गराए हुने निर्णय भएको छ ।

यसअघि, बेलुका ११ बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्विकृती लिई चलचित्र विकास बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो ।

साथै, नेपाल चलचित्र क्षेत्रका समस्याहरूको समाधानका र यस क्षेत्रको हितको लागि विभिन्न संघ-संस्थाहरूसँग वार्ता, छलफल तथा अन्तर्क्रियाका लागि चलचित्र विकास बोर्ड सदैव तत्पर रहेको अध्यक्ष भुवन केसीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved