काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने निश्चित भएपछि सेयर बजारमा हरियाली छाएको छ ।
सोमबार ५६.८६ अंकले बढेको बजार १९२४.०७ बिन्दुमा उक्लिएको हो । एमालेका उपाध्यक्ष पौडेललाई अर्थमन्त्रीका रूपमा नियुक्त गर्दैगर्दा यसअघि पनि बजारले सकारात्मक प्रतिक्रिया दिने गरेको थियो । सोमबार ३.०५ प्रतिशतले बजार बढेको हो ।
बजारमा कारोबार रकममा समेत उल्लेख्य सुधार भएको छ । सोमबार कुल २५० धितोपत्रको ३८ हजार ५५३ वटा कारोबारबाट ५६ लाख ५३ हजार ५३ कित्ता सेयर किनबेच भएको छ ।
जसबाट २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार अन्य उपसूचक बाहेक सबै उपसूचकमा हरियाली देखियो ।
Facebook Comment
Comment