स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान र गृहमन्त्री बन्ने

नेपालभ्युज

स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान र गृहमन्त्री बन्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री बन्ने भएका छन् । उनले आफूले गृहमन्त्रालय पाउने पक्का भएको पनि बताएका छन् । यसअघि उनको मन्त्रालय टुङ्गो लाग्न सकेको थिएन ।

रविसँगै माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले पनि गृहमै दाबी गरेकाले  कुरा मिलेको थिएन । श्रेष्ठले परराष्ट्रमन्त्रीमा सहमति जनाएपछि रवि गृहमन्त्री बन्न लागेको बताइएको छ ।

प्रचण्ड सरकारमा तीनजना उपप्रधानमन्त्री हुने भएका छन् । माओवादीबाट श्रेष्ठ र एमालेबाट विष्णु पौडेल गृहमन्त्री हुने यसअघि नै सहमति भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved