सरकारबारे छलफल गर्न रेशम चौधरीले पार्टीका नेतालाई कारागारमै बोलाए

नेपालभ्युज

सरकारबारे छलफल गर्न रेशम चौधरीले पार्टीका नेतालाई कारागारमै बोलाए

काठमाडौं। नेकपा एमाले माओवादी केन्द्रसहितको नयाँ सत्ता गठबन्धनमा आबद्ध नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा नजाने भएको छ । रेशम चौधरीको रिहाइको माग राख्दै सरकारमा नजाने भएको हो।

प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको सो दलले मुख्य  रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ।

पार्टीका संस्थापक रेशम चौधरीले सरकारमा सहभागी हुने नहुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेतालाई डिल्लीबजारस्थित कारागारमा बोलाएका छन् ।

त्यहाँ उनले आफ्ना कुरा राख्ने एक नेताले बताए। ती नेताले भने ‘‘आजको सर्वदलीय बैठकमा हामी गएका छैनौँ। रेशम चौधरीजीले कारागारमै छलफलको लागि बोलाउनुभएको छ।’’

प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ । स्वतन्त्र सांसद लालवीर पनि नागरिक उन्मुक्ति पार्टीमै आबद्ध छन्।

एमाले–माओवादी केन्द्रसहितका नयाँ सत्ता गठबन्धनको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बसिरहँदा नागरिक उन्मुक्ति पार्टीका नेताहरू भने सहभागी छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved