कांग्रेसको सरकार बन्ने सम्भावना सकियो : माधव नेपाल

नेपालभ्युज

कांग्रेसको सरकार बन्ने सम्भावना सकियो : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसको सरकार बन्ने सम्भावना सकिएको दाबी गरेका छन् ।

गठबन्धन छोडेर नेकपा एमालेसँग सम्वाद गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट गएपछि  एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको सचिवालय बैठकमा नेपालले यस्तो बताएका हुन् ।

बैठकअघि, अध्यक्ष माधवकुमार नेपालले कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकार बन्ने सम्भावना सकिएको ब्रिफिङ गरेका छन् । ‘हामी अब के गर्ने भन्नेबारे निर्णय लिन बैठक बसिरहेका छौं’, पार्टीका एक नेताले भने ।

कांग्रेस नेतृत्वको गठबन्धनमा सत्ता भागबण्डामा सहमति जुट्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफलमा जुटेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved