माओवादीले पार्टीका संघीय सांसदबाट मासिक ५ लाख ६४ रुपैयाँ लेवी उठाउने

नेपालभ्युज

माओवादीले पार्टीका संघीय सांसदबाट मासिक ५ लाख ६४ रुपैयाँ लेवी उठाउने

काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका सदस्यहरूबाट मासिक जम्मा ३ लाख ८३ हजार रूपैयाँ लेबी उठाउने भएको छ । पार्टी केन्द्रीय पदाधिकारीको पुस ७ गते बसेको बैठकले जनही १२ हजार रुपैयाँका दरले ३२ सांसदबाट ३ लाख ८४ हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको हो । यस्तै, संघीय संसदकै राष्ट्रियसभाका सांसदबाट माओवादी केन्द्रले थप १ लाख ८० हजार उठाउनेछ ।

राष्ट्रिय सभामा माओवादी केन्द्रका १५ जना सांसद रहेका छन् । संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट गरी माओवादी केन्द्रले मासिक ५ लाख ६४ हजार रुपैयाँ उठाउनेछ ।

माओवादीका एक पदाधिकारीले संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले पार्टीमा बुझाउने मासिक लेवी १२ हजार रुपैयाँ सांसदका दरले निर्धारण गर्ने निर्णय भएको जानकारी दिए ।

यसैगरी प्रदेश सभाका सांसदहरूले पाउने तलब, भत्ता र अन्य सेवा सुविधा प्रदेशहरूमा फरक फरक भएकाले प्रदेश सभाका मन्त्री र सांसदहरूको लेवी निर्धारण सम्बन्धित प्रदेशको पार्टी समितिले गर्ने निर्णय भएको छ ।

प्रदेशहरुबाट उठेको मासिक लेवी ८० प्रतिशत सम्बन्धित प्रदेशमा राख्ने र बाँकी २० प्रतिशत लेवी रकम अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा पठाउने निर्णय पनि भएको ती नेताको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved