आईपिएल : ह्यारी ब्रुक हैदराबादमा

हैदराबादले १३ करोड २५ लाख भारतीय रुपैँयामा ब्रुकलाई टोलीमा अनुबन्ध गर्यो।

नेपालभ्युज

आईपिएल : ह्यारी ब्रुक हैदराबादमा

काठमाडौं । भारतीय फ्रेन्चाईज टी–२० क्रिकेट लिग आईपिएलको सहभागी टोली सन्राईजर्स हैदराबादले ह्यारी ब्रुकलाई टोलीमा अनुबन्धन गरेको छ ।

जारी आईपिएलको बोलकबोलमा हैदाराबादले ब्रुकलाई टोलीमा जोड्न सफल भएको हो ।

हैदराबादले १३ करोड २५ लाख भारतीय रुपैयाँमा ब्रुकलाई टोलीमा अनुबन्ध गर्‍यो । इङ्ल्याण्डका २३ वर्षीय ब्रुक राईट ह्याण्ड ब्याट्सम्यान हुन् ।

उनले हन्ड्रेड सिरिजको पहिलो खेलमा ३१ बलमा ६२ रन बनाउँदै इङ्ल्याण्डको भरपर्दो खेलाडीको रूपमा स्थापित भएका थिए ।

सन् २०२० देखि ब्रुक टी–२० मा विष्फोटक ब्याटरको रूपमा स्थापित भएका थिए।

उनले यू–१९ टोलीको कप्तानको जिम्मेवारी पनि सम्हालेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved