महिनावारीसँग जोडिएका ६ भ्रम र यथार्थ

नेपालभ्युज

महिनावारीसँग जोडिएका ६ भ्रम र यथार्थ

 

 

 

१. भ्रम : महिनावारीको बेला महिला अशुद्ध हुन्छन् ।

सत्य : यस्तो केही पनि हुँदैन । यो एउटा प्राकृतिक प्रक्रिया हो जसमा अनफर्टिलाइज्ड एग शरीरबाट बाहिर निस्कने गर्दछ ।

२. भ्रम : महिनावारीको बेला महिला गर्भवती हुन सक्दिनन् ।

सत्य : यदी महिनावारीको बेला असुरक्षित शारीरिक सम्बन्ध भयो भने महिला गर्भवती हुन सक्छिन् ।

३. भ्रम : यदी महिनावारी रोकिएको छ भने महिला गर्भवती भईन् ।

सत्य: यो जरुरी छैन कि महिनावारी रोकिँनासाथ महिला गर्भवती भएकी हुन्छिन् । अन्य शारीरिक समस्याका कारण पनि महिनावारी रोकिन सक्छ ।

४  भ्रम : महिनावारीको बेला भान्सा वा मन्दिरमा जानु हुँदैन ।

सत्य : यसको सम्बन्ध अशुद्धतासँग कत्तिपनि छैन । त्यसैले मन्दिर वा भान्सा अपवित्र हुन्छ भन्ने प्रश्न नै उठ्दैन ।

५. भ्रम : महिनावारीको बेला तातो पानीले नुहाउनु हुँदैन ।

सत्य : महिनावारीको बेला पनि तातो पानीले नुहाउन मिल्छ । यस्तो गर्दा बरु मांसपेशीहरुले आराम महसुस गर्छन् । जसले शरीरको दुःखाई कम गर्छ ।

६. भ्रम : महिनावारीको बेला शारीरिक व्यायाम गर्नुहुँदैन ।

सत्य : शारीरिक व्यायाम गर्न सकिन्छ । यसले शरीरमा प्रयाप्त अक्सीजन पुग्छ । महिनावारीको बेला हुने दुःखाई पनि कम गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved