सन्दीपको पुनरावेदन मुद्दामा बिहीबार पेशी, धरौटीमा छुट्न सक्ने सम्भावना कति ?

किशोरीको २ वटा जन्मदर्ताको कागज बोकेर कानुन व्यवसायी उच्चअदालत गएका हुन्। साथै जबरजस्ती करणी वा सहमतिमै भए पनि केही नगरिएको जिकिर गरिएको छ। त्यही जन्मदर्ताको प्रमाणले सन्दीपलाई जेलमुक्त पार्न सक्ने सन्दीपका कानुन व्यवसायीको आशा छ।

नेपालभ्युज

सन्दीपको पुनरावेदन मुद्दामा बिहीबार पेशी, धरौटीमा छुट्न सक्ने सम्भावना कति ?

काठमाडौं। नबालिका जबरजस्ती बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्धको पुनरावेदन मुद्दामा बिहीबार पेशी तोकिएको छ।

उच्च अदालत पाटनमा सन्दीपका कानुनव्यवसायीले गत मंसीर २९ गते दर्ता गरेका मुद्दामा बिहीबार (७ पुसमा) पेशी तोकिएको हो।

पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ताको कागज बोकेर कानुन व्यवसायी उच्च अदालत गएका हुन्। उच्चअदालतमा दिएको निवेदनमा किशोरीको उमेर १८ वर्ष माथि रहेको दाबी गरिएको छ।

साथै जबरजस्ती करणी वा सहमतिमै भए पनि केही नगरिएको जिकिर गरिएको छ। त्यही जन्म दर्ताको प्रमाणले सन्दीपलाई जेलमुक्त पार्न सक्ने सन्दीपका कानुन व्यवसायीको आशा छ।

उच्च अदालत पाटन

उनको मुद्दा हेरिरहेका कानुन व्यवसायीहरू भने सन्दीपले जेलमुक्त, भएर मुद्दा लड्नु पाउनुपर्ने माग राखेका छन्। बिहीबारकै पेशीमा सन्दीप संभवत धरौटीमा छुट्न सक्ने वा जिल्ला अदालतकै आदेश सदर गरेर जेलमै रहने भन्ने आदेश टुङ्गो लाग्न सक्छ।

तर उनी धरौटीमा छुट्न सक्ने सन्दीपका कनुनव्यवसायीको बढी आंकलन गरेका छन्।

किन पठाइयो सन्दीपलाई कारागार ? के हुन्छ अबको प्रक्रिया ?

सन्दीप लामिछानेका वकिल, सरोजकृष्ण घिमिरे

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरे भन्छन्, ‘‘हामीले पीडित भनिएकी युवतीबारे सम्बन्धित कागजात सम्बन्धित कार्यालयबाट मगाउन माग गरेपछि अदालतले त्यो मगाएको छ। त्यो कागजात आइसकेकाले कागजातको भरिफाई भइसकेको छ। आशा छ त्यो प्रमाणलगायतका विभिन्न प्रमाणका आधारमा सन्दीप निर्दोष ठहरिनेछन्। उहाँ छुट्ने विश्वास छ।’’

जन्म दर्ताको विषय घटनाको सुरुआतदेखि नै विवादमा रहेपछि थप विषयमा सन्दीप पक्षका कानुन व्यवसायीले मुख खोल्न चाहेका छैनन्।

जिल्ला अदालतकै आदेशमा सन्दीप छुट्ने आश गरिए पनि घटनाका बारेमा धेरै मिडियाबाजी भएकोले उनी नछुटेका हुनसक्ने कतिपयको आंकलन छ।

जिल्ला अदालतको आदेशविरुद्ध रितपूर्वक दर्ता भएको पुनरावेदनमा प्रक्रिया जारी रहेको उच्च अदालतका रजिस्टार ठगिन्द्र कट्टेल बताउँछन्।

उनी भन्छन् ‘‘आफ्नो स्वतन्त्र रहेर काम गर्ने हकमा बन्देज गरियो। यसैले फौजदारी संहितको ७३ बमोजिम ‘जिल्ला अदालतको आदेश के हो’ भन्दै उहाँहरू मुद्दा पुनरावेदनको लागि आउनुभएको छ। अस्तिको बिहीबार ७३ नंबरको निवेदन दर्ता भएको छ।’’

सन्दीप लामिछाने प्रकरणमा जेल जान रहर गर्नेहरू

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीपविरुद्ध गत २१ भदौमा उजुरी परेको थियो। काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती सन्दीपकी ‘फ्यान’ थिइन्। सन्दीप ६ भदौमा टी–२० सिरिज खेल्न केन्या गएका थिए।

त्यसको अघिल्लो दिन उनले पीडित भनिएकी किशोरीलाई पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुई पटक बलात्कार गरेको आरोप छ। पछि सन्दीप असोजमा नेपाल आएपछि पक्राउ परेका थिए। उनी पुर्पक्षका लागि जेल चलान भएका छन्।

‘सन्दीपलाई फसाउने केटी’ भन्दै निर्दोष युवतीको चरित्रहत्या, अर्कै भिडिओ काटेर भाइरल

सन्दीप भन्छन् ‘म माथि खतरनाक षड्यन्त्र भयो’

सन्दीपले पहिलेदेखिनै आफूविरुद्ध षड्यन्त्र भएको बताउँदै आएका सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरे बताउँछन्।

उनी भन्छन् ‘‘त्यो खतरनाक षड्यन्त्रबाट मलाई बाहिर निकाल्नुहोला। तपाईँहरूले प्राप्त प्रमाणबारे तथ्यगत विश्लेषण गर्दै न्यायको लागि अदालतमा अझ बढी पहल गर्नुहोला भन्दै उहाँले हामीलाई आग्रह गर्नुभएको छ।’’

बलात्कारलाई मजाकको विषय बनाउँदै कलाकार र नेता, पीडितलाई उल्टै आरोप लगाउने क्रम घटेन

किशोरीको बयान – ‘जबरजस्ती बलात्कार भएकै हो’

सन्दीप लामिछानेविरुद्धको नाबालिका बलात्कार सम्बन्ध मुद्दामा जाहेरीकर्ता किशोरीले आफूमाथि ‘जबरजस्ती करणी भरेको’ बयान दिएकी छिन्। पीडित किशोरीलाई सन्दीपको तर्फबाट प्रभावमा पारेर बयान फेराउने चालबाजी भएको आशंका भइरहँदा जाहेरीमै उल्लेख भएकै कुरा अदालतमा बकपत्र गरिएको हो।

जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले भन्छन् ‘‘यो मुद्दामा पीडित र जाहेरीवालाहरूको बकपत्र सम्पन्न भइसकेको छ। पीडितले मलाई सन्दीपले जबरजस्ती करणी गरेकै हो भनेर बकपत्र गर्नुभएको छ। प्रतिवादीको साक्षीहरूको बकपत्र पनि छ। त्यसमा घटना भएका भन्ने कुरा अस्वीकार गरिएको छ।’’

सन्दीप लामिछाने प्रकरण- पीडित किशोरीले अदालतमा दिइन् यस्तो बकपत्र

माइती नेपालको संरक्षणमा रहेकी ती किशोरीले तिलगंगास्थित एक होलटमा लगेर रात बस्न बाध्य पारेको र राति लट्ठ्याएर दुई पटक बलात्कार गरेको उनले बकपत्रमा भनेकी छिन्। सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको र सन्दीपलेनै भेट्ने प्रस्ताव राखेर बोलाएको उनले बताएकी छिन्।

किशोरीले अदालतमा बयान फेर्न सक्ने आशा सन्दीप पक्षधर वकिलहरूलाई भए पनि बयान नफेरिएपछि निराश बनेका छन्। यससँगै पीडित किशोरी ‘होस्टायल’ बन्न सक्ने संभावन समाप्त भएको छ। जाहेरीमा उल्लेख भएभन्दा फरक बकपत्र गर्नुलाई ‘होस्टायल’ भनिन्छ।

यसअघि ‘स्टारडम’को आडमा नाबालिगलाई बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाहलाई गत भदौमा मात्रै दुई वर्ष कैद सजाय भएको छ। पीडितले अदालतमा बयान फेरेपछि बलात्कारको कसूरमा उनले सफाइ पाएका छन्। तर बाल यौन दुरुपयोगमा उनी दोषी ठहर भएका हुन्।

सन्दीप लामिछानेविरुद्ध प्रहरीले संकलन गर्‍यो यस्ता प्रमाण

सन्दीप लामिछाने कारागार चलान, पुर्पक्षका लागि थुनामै राख्न अदालतको आदेश

सन्दीप लामिछाने : खेलदेखि जेलसम्मको यात्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved