आँबुखैरेनीमा सडक भासियो, पृथ्वी राजमार्गमा सवारी आवागमन ठप्प

नेपालभ्युज

आँबुखैरेनीमा सडक भासियो, पृथ्वी राजमार्गमा सवारी आवागमन ठप्प

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत पर्ने मुग्लिङ–पोखरा सडकखण्ड निर्माणको क्रममा आँबुखैरेनी गाउँपालिका–२ स्थित खानीखोला पुल नजिकैको सडक भासिएको छ । सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ ।

आइतबार बिहान करिब १० बजेदेखि अवरुद्ध उक्त सडकखण्ड हालसम्म पनि मर्मत नहुँदा अवागमन हुन नसकेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

राजमार्ग चौडा पार्ने क्रममा सडक भासिँदा पुलमा पनि असर पुगेको छ । साना सवारी साधनलाई वैकल्पिक बाटोबाट गन्तव्यमा पुग्न मद्दत गरिएको जिल्ला प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । माटो हालेर सडक पुर्ने काम भइरहेको छ ।

सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौं सवारी साधन सडकमा अलपत्र परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved