नक्कली नोट सहित एक भारतीय नागरिक पक्राउ

नक्कली नोट सहित एक भारतीय नागरिक पक्राउ

जनकपुरधाम। महाेत्तरीबाट नेपाली नक्कली नाेटसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय महाेत्तरीका अनुसार पक्राउ पर्नेमा भारतकाे बिहार राज्य सितामढी ग्रामपञ्चायत भदियन थाना नानपुर वडा नं. १० बस्ने २१ वर्षीय रमन कुमार रहेका छन्।

महाेत्तरी प्रहरीका प्रवक्ता डीएसपी सन्ताेष पाेखरेलले मंसीर २९ गते साँझ रमनलाई जलेश्वर नगरपालिका वडा नं. ३ मलिवाडा बजारबाट पक्राउ गरिएको जानकारी दिए।

जलेश्वर नगरपालिका वडा नं.०३ बस्ने सब्दुल अन्सारीको कठघेरा घुम्ती पसलमा उनले नक्कली जस्तो देखिने नोट साट्न खोजेपछि स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको डीएसपी पाेखरेलले जनाए ।

रमनकाे साथबाट नक्कलीजस्तो देखिने नेपाली रु. १,०००/- को दरले ११ हजार नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

उनलाई नियन्त्रणमा लिई मुद्रासम्बन्धी कसुर मुद्दामा महोत्तरी जिल्ला अदालत जलेश्वरबाट १० दिन म्याद थप गराएर थप अनुसन्धान भइरहेको डीएसपी पाेखरेलले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved