सेयर बजारमा सामान्य गिरावट

नेपालभ्युज

काठमाडौं। बुधबार सेयर बजार परिसूचक सामान्य घटेर बन्द भएको छ । २.६२ अंकले घटेको बजार १८९७.०८ बिन्दुमा रोकिएको छ । दिनभर उतारचढाव भोगेको बजार अन्तिम समयमा भने घटेको थियो ।

बुधबार २४६ वटा धितोपत्रको १६ हजार ६७७ वटा कारोबारबाट २० लाख ८७ हजार ८७६ कित्ता सेयर किनबेच हुँदा ७२ करोड ७८ लाख ७७ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसूचक हरियो रहे । अन्य उपसूचक भने राताम्य रहे ।

बुधबार नेपाल टेलिकम, कृषि विकास बैंक, नबिल बैंकसहितका कम्पनीको सेयर धेरै कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved