विश्वकप क्रिकेट लिग–२ : नेपाल नामिबियासँग पराजित

नेपालभ्युज

विश्वकप क्रिकेट लिग–२ : नेपाल नामिबियासँग पराजित

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग पराजित भएको छ। यूनाईटेड क्रिकेट क्लब मैदानमा बुधबार भएको खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित भएको हो।

२७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १८९ रनमा अलआउट भयो। नेपालको लागि कप्तान रोहित पौडेलले ४४, दीपेन्द्र सिंह ऐरीले ३४, ज्ञानेन्द्र मल्लले ३० र अर्जुन साउदले २९ रन बनाए।

अन्य खेलाडीले भने सामान्य प्रदर्शन गरे। नामिबियाको लागि जेजे स्मित र पिक्की या फ्रान्सले २–२ विकेट लिए।

पहिले ब्याटिङ गरेको नामिबियाले पुरै ओभर खेलेर ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो।

नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले सतक बनाए । उनले १११ बलमा १५ चौका र १ छक्का हान्दै ११९ रनको पारि खेले । यस्तै कप्तान जेर्हार्ड इरास्मसले ५३ रन बनाए।

नेपालका लागि ललित राजवंशीले ४, सोमपाल कामीले २ र सागर ढकालले १ विकेट लिए।

बिहिबार हुने खेलमा नेपाल र स्कटल्याण्ड भिड्दै छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved