सुनको मूल्य एक लाख नजिक

नेपालभ्युज

सुनको मूल्य एक लाख नजिक

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य तोलाको लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढ्दै ९९ हजार ९ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय बढ्दै ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा १५ रूपैयाँले बढ्दै आज १ हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved