मेरो पहिलो प्राथमिकता कानुन बनाएर भ्रष्टाचार नियन्त्रण गर्नु हो : डा.चन्द्र भण्डारी

नेपालभ्युज

मेरो पहिलो प्राथमिकता कानुन बनाएर भ्रष्टाचार नियन्त्रण गर्नु हो : डा.चन्द्र भण्डारी

काठमाडौं। कांग्रेस नेता एवं गुल्मी-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले मुलुकको मुख्य रोग भ्रष्टाचार भएको बताएका छन् । उनले आफ्नो पहिलो प्राथमिकता कानुन बनाएर भ्रष्टाचार नियन्त्रण गर्नेसमेत बताए ।

बहुदलीय व्यवस्था ल्याएको ३० वर्ष पुग्दा पनि जनताको जीवनस्तर जहाँको त्यहीँ रहेको भन्दै उनले परिवर्तन गर्नका लागि भ्रष्टाचार नै रोक्नुपर्ने उनको भनाइ छ ।

प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले मुलुकमा सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रहेको भन्दै त्यसको नियन्त्रण हुन नसकेको आफ्नो पार्टी भित्रको युवा समूहको ठहर रहेको बताए ।

उमेरले भन्दा पनि विचारले युवा भएको नेतृत्व मुलुकले खोजेको बताउँदै भण्डारीले विचारमा उर्जा र युवा जोश भएको नेतृत्व आजको आवश्यकता भएको बताए । निर्वाचित जनप्रतिनिधिहरू पार्टीको रसिदमा झुन्डिएका कारण मुलुकले गति लिन नसकेको उनको भनाइ छ । जनप्रतिनिधिहरूलाई सदस्यताको रसिदभन्दा माथि उठेर काम गर्न उनले आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved