विकृत निर्वाचनले लोकतन्त्रको सबल पक्षलाई कमजोर बनायो : पोखरेल

नेपालभ्युज

विकृत निर्वाचनले लोकतन्त्रको सबल पक्षलाई कमजोर बनायो : पोखरेल

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणि पोखरेलले विकृत निर्वाचनले लोकतन्त्रको सबल पक्षलाई कमजोर बनाउँदै लगेको बताएका छन्।

आज महोत्तरीमा पत्रकार सम्मेलन गर्दै पोखरेलले निर्वाचनको विकृत पक्ष झाँङ्गिदै गएकोप्रति चिन्ता व्यक्त गर्दै पोखरेलले वामपन्थी समेत यो चेतबाट पृथक नरहेको धारणा राखे।

पोखरेलले संविधान जारी हुँदा पनि निर्वाचन प्रणाली र शासकीय स्वरुपको विषयमा जोडदार आवाज उठाउँदै आएको जिकिर गर्दै आफूहरूले भनेजस्तो नभएको हुनाले यसको औचित्य पुष्टि हुँदै गएको बताए।

उनले निर्वाचनको विषयमा सोच्न बाध्य बनाएको र यस विषयमा शसक्त हस्तक्षेपकारी छलफल चलाउन आमपार्टी, बौद्धिक वर्ग र नागरिक समाजसँग माग गरेका छन्।

चुनाव परिचालनका नाममा हुने अघोषित शक्ति प्रदर्शनले चुनाव थप विकृत बन्दै गएको आरोप लगाउँदै नेता पोखरेलले विवेकपूर्ण मताधिकार बन्दी बन्दै गएको बताए।

लगातार तीन पटक महोत्तरी-१ बाट विजयी भएका पोखरेल यो निर्वाचनमा भने एमालेका लक्ष्मी महतोसँग पराजित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved