एनआईसीको ‘विश्वकप २०२२’ विशेष योजना, ३ सय भाग्यशालीले फाइनल खेल सिनेमा हलमा हेर्न पाउने

नेपालभ्युज

एनआईसीको ‘विश्वकप २०२२’ विशेष योजना, ३ सय भाग्यशालीले फाइनल खेल सिनेमा हलमा हेर्न पाउने

काठमाण्डौ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराका साथ उत्तरदायी बैंकिङको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धनका लागि आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्तालाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ।

यो योजनाअनुसार बैंकको मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एप प्रयोग गरी विश्वकपका खेलहरुको सही विजेता अनुमान गर्ने फुटबलपे्रमी ग्राहकमध्ये प्रत्येक खेलमा ५ देखि १० जनालाई रु. ५०० देखि रु. २ हजारसम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ। यसका साथै उक्त योजनाअन्तर्गत भाग्यशाली ३०० जनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्नेछ।

२० लाखपटकभन्दा बढी डाउनलोड भइसकेको एनअईसी एशिया मोबैंक एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरुको तालिकासहित खेलसम्बन्धी अन्य विवरणहरुसमेत समावेश गरेको छ। जसका आधारमा ग्राहकले प्रत्येक खेल सुरु हुनुअघि बिजेता अनुमान गर्न सक्नेछन्।

काठमाण्डौस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३०० वटा टिकटमध्ये १४० वटा ग्राहकलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टलाई प्रतिमर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने व्यवस्था बैंकले गरेको छ।

यस बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved