माओवादी-एकीकृत समाजवादीलाई नेम्वाङको प्रस्ताव- ‘मिलेर अघि बढौं’

‘पानी बाराबारको अवस्था सकियो, अब मिलेर अगाडि बढ्नुपर्छ ।’

नेपालभ्युज

माओवादी-एकीकृत समाजवादीलाई नेम्वाङको प्रस्ताव- ‘मिलेर अघि बढौं’

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई मिलेर अगाडि बढ्न प्रस्ताव गरेका छन् । सिंहदरबारस्थित संसदीय कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘पानी बाराबारको अवस्था सकियो, अब मिलेर अगाडि बढ्नुपर्छ ।’

नेम्वाङको आशय विगतमा नेकपा भएर रहेका तर, अहिले तीन फ्याक भएका एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पुन: मिलन हुनुपर्ने थियो । ‘जनताले निषेधको राजनीतिलाई अस्वीकार गरेको सबैले बुझ्नुपर्छ । यस्तो अवस्थामा सबैसँग छलफल गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने ।

त्यसअघि नेम्वाङले भने, ‘अब तिक्तताको चरण सकियो । हिजो कहीँकतै त्यस्तो भएको रहेछ भने पनि त्यो गल्ती कमीकमजोरी हो, त्यसलाई सच्याएर अघि बढ्नुपर्छ ।’

उनले एमालेप्रतिको जनताको आशा र अपेक्षा अलिकति पनि यताउता नभएको दाबी गरे । प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि भएपनि ‘पपूलर भोट’ एमालेसँगै रहेको उल्लेख गर्दै उनले भने, ‘राजनीतिलाई सुझबुझपूर्ण ढंगबाट अघि लैजान जिम्मेवारीपूर्वक सबैसँग छलफल र सल्लाह गरेर अगाडि बढ्नुपर्छ ।’

नेम्वाङ इलाम २ बाट निर्वाचित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved