देउवा-प्रचण्ड भेटवार्ता, वर्तमान गठबन्धनलाई निरन्तरता दिने सहमति

नेपालभ्युज

देउवा-प्रचण्ड भेटवार्ता, वर्तमान गठबन्धनलाई निरन्तरता दिने सहमति

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको   भेटमा चुनावको परिणामको समीक्षा र विकसित राजनैतिक घटनाक्रममा केन्द्रीत रहेर छलफल भएको थियो ।

उनीहरुबीच भएको  भेटवार्तामा वर्तमान गठबन्धनलाई निरन्तरता दिने सहमति बनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रममा भएको यस भेटवार्तालाई आगामी सहकार्यका रुपमा हेरिएको छ ।

अहिले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन साधारण बहुमतको नजिक पुग्ने आँकलन गरिएपनि गठबन्धनमा आबद्ध दलले  अपेक्षाकृत परिणाम भने हासिल गरेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved