विश्वकप फुटबल : शनिबार चार खेल हुँदै     

नेपालभ्युज

विश्वकप फुटबल : शनिबार चार खेल हुँदै     

काठमाडौं। विश्वकप फुटबलमा आज शनिबार ४ खेल हुँदैछन्। कतारमा जारी विश्व कपमा समूह सी र डी का खेलहरू हुँदैछन्।

समूह सी मा पोल्यान्ड र साउदी अरेबिया नेपाली समय अनुसार पौने ७ बजे आमने सामने हुनेछन्। पोल्यान्ड र साउदी अरेबिया एजुकेसन रंगशालामा प्रतिस्पर्धा गर्नेछन्। पोल्यान्ड पहिलो र साउदी दोस्रो जितको खोजीमा छ। 

अर्को खेलमा अर्जेन्टिना र मेक्सिको राति पौने १ बजे भिडने छन्। लुसेल रंगशालामा हुने खेलमा अर्जेन्टिना र मेक्सिको पहिलो जितको खोजीमा छन्।

समूह डी मा ट्युनिसिया र अष्ट्रेलियाबीच पौने ४ बजे प्रतिस्पर्धा हुँदैछ। अल जनुब रंगशालामा हुने खेलमा ट्युनिसिया र अष्ट्रेलिया पहिलो जितको खोजीमा छन्।

अर्को खेलमा डेन्मार्क र फ्रान्स पौने १० बजे भिड्दै छन्। डेन्मार्क पहिलो र फ्रान्स दोस्रो जित्को खोजीमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved