मकवानपुर २ को प्रदेशसभा ‘क’ मा माओवादीकी मोक्तान विजयी

मकवानपुर २ को प्रदेशसभा ‘क’ मा माओवादीकी मोक्तान विजयी

हेटौंडा । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ को प्रदेशसभा ‘क’ बाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार कुमारी मोक्तान विजयी भएकि छिन् । नेकपा एमालेका उम्मेद्वारलाई ३ सय २२ मतको झिनो मतान्तरले पराजित गर्दै उनले जित निकालेकी हुन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालय मकवानपुरका अनुसार कुल ४६ हजार ५३ मतमा मुक्तानले १९ हजार ८७३ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी विष्णु ढकालले १९ मत ५५१ प्राप्त गरेका छन । त्यस्तै राप्रपाका राम बहादुर घलेले ३ हजार ७ सय मत प्राप्त गरेका थिए ।

खसेको कुल मतमा १ हजार ५ सय ९९ मत बदर भएको थियो । मोक्तान बागमती प्रदेशको सामाजिक विकास मन्त्री समेत भएकी थिइन । कुमारीको जितसँगै मकवानपुरमा गठबन्धनको तर्फबाट माओवादीले प्रदेशमा पाएको दुवै सिटमा जित हासिल गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved