जनकपुरधाम । महोत्तरी क्षेत्र न.१ मा मतगणना गर्ने क्रममा मतदाताको पत्र भेटिएको छ । पत्रमा मतदाताले शैक्षिक योग्यता र उमेरको हद लागू गर्नुपर्ने माग राखेका छन । यस क्षेत्रमा उम्मेदवारी दिने सबै नेताहरु भ्रष्ट भएको हुनाले आफुले मत दिन नसकेको उनले पत्रमा उल्लेख गरेका छन् ।
सानो अर्धकट्टीमा लेखिएको उक्त पत्रमा जनता मत खसाल्न बाध्य भएको हुनाले मत हालेको उल्लेख गरेका छन । अर्को निर्वाचनमा उम्मेदवारहरुको उमेर र शैक्षिक योग्यता निर्धारण गर्न पनि उनले निर्वाचन आयोगलाइ आग्रह गरेका छन । निर्वाचन आयोगले उक्त अर्धकट्टी पत्रलाइ खामबन्दी गरेर राखेको छ । संचारकर्मीलाई निर्वाचन आयोगले फोटो खिच्न भने दिएन ।
‘यश क्षेत्रमा उम्मेदवारी दिएका सवै नेताहरु चोर छन । जन्ता मत खसाल्न बाध्य छन म त्यसैले अर्को चुनाव देखि निर्वाचनमा शैक्षिक योग्यता र उमेरको हद पनि लागू हुनु पर्यो । भनेर म आम नागरिकवाट यश पत्रद्वारा निर्वाचन आयोगलाइ बिनम्र अनुरोध गर्दछौ ।’ पत्रमा लेखिएको छ ।
Facebook Comment
Comment