जनकपुरधाम। महोत्तरीको निर्वाचन क्षेत्र नम्बर-३ मा स्वतन्त्रका उम्मेदवार रामआधार कापरले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई झन्डै दोब्बर मतले पछाडि पारेका छन् । पछिल्लो मतपरिणामाअनुसार लोसपाका ठाकुरले १ हजार ९३२ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार रामआधार कापरले ३ हजार ३७६ मत प्राप्त गरेका छन् । त्यस्तै, जसपाका उम्मेदवार हरिनारायण यादव १ हजार ७११ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
प्रदेशसभातर्फ महोत्तरी-३ को (क)मा जसपाका दीपेन्द्र झाले २ हजार ६९८ मत प्राप्त गरि अग्रस्थानमा रहेका छन् भने लोसपाका अभिराम शर्मा २ हजार ६९१ मत सहित उनलाई पछ्याइरहेका छन् ।
३ को (ख)मा स्वतन्त्र उम्मेदवार उज्ज्वल झा २ हजार १ सय ५७ मत प्राप्त गरि अग्रस्थानमा रहेका छन् । उनलाई लोसपाकी रानी शर्मा तिवारीले १ हजार १ सय३८ मत ल्याएर पछ्याइरहेकी छन् ।
त्यस्तै, नेकपा एमालेका रामदयाल मण्डलले पनि १ हजार १३५ मत पाएका छन् ।
Facebook Comment
Comment