भोट हाल्न भारतबाट आएका एक जना मृत भेटिए

नेपालभ्युज

भोट हाल्न भारतबाट आएका एक जना मृत भेटिए
सांकेतिक तस्वीर।

काठमाडौं। भोट हाल्न भारतबाट आएका डोटीका एक जना मृत भेटिएका छन्।

जोरायल गाउँपालिका-३ तोडेगडा घर भएका अन्दाजी ६० वर्षका हिरालाल ओली सोही गाउँपालिका-३ चन्कट्टे नजिकै सेरी बर्बरा खेतको बीच बाटोमा मृत भेटिएका हुन्।

इलाका प्रहरी कार्यालय जोरायलका प्रहरी नायब निरीक्षक गंगाराम टमाटा नेतृत्वको टोली घटनास्थल पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतकको शव नजिकै झोला सहितको प्लास्टिकको बोरा र नजिकै मदिराको बोत्तल भेटिएको छ। मदिरा सेवन गरि राति जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved