जनताको आवश्यकता नै मेरो प्राथमिकता हो- दीर्घ बहादुर केसी

नेपालभ्युज

रुपन्देही। रुपन्देही क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घ बहादुर (कुमार) केसीले जनताको आवश्यकता नै आफ्नो प्राथमिकता भएको बताएका छन्।

नेपालभ्युजको प्रस्तुति ‘उम्मेदवारसँग नेपालभ्युज’ कार्यक्रममा उनले भने ‘‘यहाँका जनताको आवश्यकता नै मेरो प्राथमिकता हो।’’

उनले जनताको आवश्यकता र माग अनुसारको काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै यदि काम गर्न नसके त्यसको प्रस्ट जवाफ दिने बताए।

२०७४ को प्रदेश सभा निर्वाचनमा त्यहाँ एमाले उम्मेदवार लीला गिरी निर्वाचित भएका थिए। प्रदेश सरकारमा उनी मन्त्री समेत भएका थिए। चुनावमा उनले प्रदेशको राजधानी बुटवलमा राख्ने प्रतिबद्धता व्यक्त गरेर भोट मागे पनि निर्वाचन जितेपछि राजधानी सार्ने काममा मुख्यमन्त्री शंकर पोखरेलाई सहयोग गरेर जनतालाई धोका दिएको आरोप केसीले लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved