नेहा चौधरीमाथि हिंसाको घटनाका दोषीलाई कारबाही गर्न मधेशी आयोगको ध्यानाकर्षण

महोत्तरी जिल्लाको औरही निवासी नेहा चौधरीमाथि भएको घरेलु हिंसाको घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन मधेसी आयोगले प्रहरीको ध्यानाकर्षण गराएको छ। प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै आयोगले कारबाहीको प्रक्रिया अगाडी बढाउन माग गरेको हो।

नेपालभ्युज

नेहा चौधरीमाथि हिंसाको घटनाका दोषीलाई कारबाही गर्न मधेशी आयोगको ध्यानाकर्षण

काठमाडौं। महोत्तरी जिल्लाको औरही निवासी नेहा चौधरीमाथि भएको घरेलु हिंसाको घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन मधेसी आयोगले प्रहरीको ध्यानाकर्षण गराएको छ। प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै आयोगले कारबाहीको प्रक्रिया अगाडी बढाउन माग गरेको हो।

आयोगका माननीय डा.विजयकुमार दत्तले तराई–मधेशमा दाइजोले गर्दा घरेलु हिँसाको समस्या यथावत् रहेको र आयोगमा सोसँग सम्बन्धित विभिन्न उजुरीहरू आउने गरेको र सो समस्याहरू प्रति आयोग गम्भीर रहेको बताएको छ।

महोत्तरीको रामगोपालपुर घर भएका डा.पंकज चौधरी र नेहा चौधरीबीच ८ महिनाअघि बिहे भएको थियो। काठमाडौंमा घर दाइजो नदिएको भन्दै परिवारले नेहा चौधरीमाथि कुटपिट गरेको भन्दै उजुरी परेको छ।

काठमाडौंमा घर दाइजो नपाएको भन्दै डाक्टरले नै गरे श्रीमतीलाई कुटपिट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved