ओलीलाई साम्पाङको चेतावनी- आफै सिद्धिने खाल्डो नखन्नु

नेपालभ्युज

ओलीलाई साम्पाङको चेतावनी- आफै सिद्धिने खाल्डो नखन्नु

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफै सिद्धिने खाल्डो नखन्न चेतावनी दिएका छन् । शुक्रबार साँझ सामाजिक संजालमार्फत मेयर साम्पाङले यस्तो चेतावनी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन, ‘एक सूरमा जनताको सुख र सुविधाका लागि दिन भरि ढुङ्गा बोक्ने म सानो र सोझो मान्छेलाई छेड छाड गर्दै भोट नमाग है ! आफै सिद्धिने खाल्डो नखन्नु ।’

शुक्रबार धरानमा एक चुनावी सभालाई सम्बोधन गर्दै ओलीले  कोशीको पानी एमालेले धरानमा ल्याउने बताएका थिए । उनले मेयर छान्ने बेला धरानका जनताले आँखा नदेखेको आरोप समेत लगाएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved