मध्यावधि चुनावको परिणामले अमेरिकीहरूको भविष्य बताउँछ : बाइडेन

नेपालभ्युज

मध्यावधि चुनावको परिणामले अमेरिकीहरूको भविष्य बताउँछ : बाइडेन

न्युयोर्क। मध्यावधि चुनावअघिको अन्तिम सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबारको निर्वाचनप्रति कायम चिन्तालाई सम्बोधन गर्ने र आशा बढाउने प्रयास गरेका छन् । मेरिल्यान्डमा समर्थकहरूको भीडलाई सम्बोधन गर्दै बाइडेनले आगामी दुई वर्षको संसदीय संरचनाको महत्त्वबारे प्रकाश पार्ने कोसिस गरेका थिए ।

डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति जितेका बाइडेनले रिपब्लिक पार्टीले बहुमत ल्याएको अवस्था भयानक हुने चेतावनी दिए । प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीको बहुमत भए तिनले अमेरिकीहरूको अधिकार कमजोर बनाउने र सामाजिक कल्याणका कार्यक्रमहरू उल्ट्याउने बाइडेनले दाबी गरे ।

‘अर्को वर्ष र आगामी तीन वर्षका हाम्रो छनोटले हाम्रो जीवनकाललाई आकार दिँदैछ’, बाइडेनले भने, ‘मध्यावधि चुनावको परिणामले आम अमेरिकीहरुको जीवन कस्तो हुनेछ भन्ने निर्क्योल गर्नेछ ।‘

आगामी दुई दशकबारे अहिले निर्णय हुँदा मत दिँदा एकदम गम्भीर हुनुपर्छ,’ बाइडेनले चेतावनी दिए ।

बाइडेनले डेमोक्र्याटहरूले कंग्रेसको बहुमत विस्तार गरेमा गर्भपतन अधिकारलाई जोड दिने वाचा दोहोर्‍याए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved