कमला नदीमा भूत मेला, नुहाएपछि धामी झाँक्री बन्ने विश्वास, अतिरिक्त रेल सेवा संचालन हुँदै

कमला नदीको किनारमा प्रत्येक वर्ष कात्तिक पूर्णिमामा अनौठो तथा भूतमेला लाग्ने गर्छ। धनुषासहित सिरहा,  सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगर लगायतका स्थानबाट ठूलो सङ्ख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गर्दछन्।

कमला नदीमा भूत मेला, नुहाएपछि धामी झाँक्री बन्ने विश्वास, अतिरिक्त रेल सेवा संचालन हुँदै

जनकपुरधाम । कमला नदीमा अनौठो भूतमेला सुरु भएको छ । श्रद्धालुहरु ‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी…’ यस्तै यस्तै आ–आफना इष्ट देवताकोको नाम फलाक्दै धामीझाँक्री मिर्दङ (मादल),  झ्याली, ढोल पिपही जस्ता बाजाको तालमा कमला नदीमा सपथ ग्रहण गर्न पुगेका छन्।

धनुषा र सिरहा जिल्लाको सिमाना छुट्याउने कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेला भर्न श्रद्धालुको घुइँचो लागेको छ। कमला नदीको किनारमा प्रत्येक वर्ष कात्तिक पूर्णिमामा अनौठो तथा भूतमेला लाग्ने गर्छ। धनुषासहित सिरहा,  सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगर लगायतका स्थानबाट ठूलो सङ्ख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गर्दछन्।

कमला नदीमा स्नान गरेपछि धामीझाँक्री बन्ने विश्वासका साथ देउता खेल्दै स्नान गर्नको लागि गाउँघरबाट बिहानैदेखि सयौँ भक्तजन कमला नदीको तटमा पुगेका छन्। कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा सोमवार कमला नदीको तटमा पुगेर राति बास बसेको र आज बिहानै कमला नदीमा स्नान गरेका श्रद्धालुहरु बताउँछन्।

कमला नदीमा स्नान गरेमा कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी कमलामा स्नान गर्नेको संख्या बढ्दै गएको गणेशमानम चारनाथ नगरपालिकाको गोदार बस्ने भोला साह बताउँछन्।

भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन्। मूलधामीले मन्त्र सिद्धी गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ। तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धीका लागि यस दिन पूर्णाहुती दिने चलन छ।

मिथिलाञ्चलमा वर्षौँदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ। पहेलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाँडा) र बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याइरहन्छन्। उनीहरु आफूमा आएको देउतालाई सिद्ध गर्न गंगास्नान गर्न आएको बताउँछन्।

धामीझाँक्री मादल, करताल, झाइल र ढोल पिपहीको सुर र तालबीच यिनीहरुको कर्कश स्वरले वातावरण नै भय उत्पन्न हुने खालको हुन्छ । स्नानको समयमा मूलधामीले लोक भाकामा गीत समेत गाउने गर्छन्। जसलाई स्थानीय भाषामा ‘महराइ’ भन्ने गरिएको छ।

तराई मधेसमा मन्त्र सिकाउने धामीलाई ‘भगता’ भन्ने गरिन्छ। पवित्र नदीमा प्रथम स्नान गर्ने धामीझाँक्रीसँग आशिष थाप्ने श्रद्धालुको संख्या पनि उल्लेखनीय रहने गरेको छन्।

कमला स्नानको लागि अतिरिक्त रेल सेवा संचालन हुँदै

देशको एकमात्र जयनगर–जनकपुरधाम–कुर्था रेल सेवा निर्धारित समय भन्दा अतिरिक्त(निर्धारित सिफ्टभन्दा बाहेक) समयमा समेत संचालन हुँदैछ । कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई मध्यनजर गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते अरिरिक्त रेल सेवा सञ्चालन गरिएको रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिए।

प्रबन्ध झाले सूचना नै जारी गरी कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई ध्यानमा राखेर कात्तिक २१ देखि २३ गतेसम्म जयनगर–जनकपुरसम्म अतिरिक्त समयमा सेवा सञ्चालन हुने जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved