ग्राहकलाई नियमविपरीत उठाएको दुई अर्ब ब्याज फिर्ता गर्न राष्ट्र बैंकले गर्‍यो बैंकलाई पत्राचार

नेपालभ्युज

ग्राहकलाई नियमविपरीत उठाएको दुई अर्ब ब्याज फिर्ता गर्न राष्ट्र बैंकले गर्‍यो बैंकलाई पत्राचार
फाइल तश्वीर

काठमाडौं। ग्राहकबाट नियमविपरीत प्रिमियम थपेर उठाएको कर्जाको एक अर्ब ८१ करोड रुपैयाँ बराबर ब्याज फिर्ता गर्न राष्ट्र बैंकले बैंकहरूलाई पत्राचार गरेको छ। राष्ट्र बैंक स्रोतका अनुसार कुल फिर्ता गर्नुपर्ने तीन अर्ब ५० करोड रकम ब्याजमध्ये तत्काल एक अर्ब ८१ करोड रकम फिर्ता गर्न ११ बैंकलाई पत्राचार गरिएको हो।

बैंकहरूले जारी भइसकेको कर्जामा आधार दर (बेस रेट)मा हुने फेरबदलको आधारमा मात्रै प्रत्येक तीन तीन महिनामा कर्जाको ब्याज दर परिवर्तन गर्न पाउँने व्यवस्था छ।

प्रिमियम दरमा भने कुनै परिवर्तन गर्न पाइँदैन। मानौं, कुनै बैंकले ऋणीलाई कर्जा लगानी गर्दा आधार दर ९ प्रतिशत छ र त्यसमा पाँच प्रतिशत प्रिमियम तोकिएको छ भने १४ प्रतिशत ब्याजदर कायम हुन्छ।

तर, तीन महिनाको औसत आधार दर बढेर १० प्रतिशत पुग्यो भने सोही पाँच प्रतिशत प्रिमियम सहित बैंकहरूले १५ प्रतिशत ब्याज कायम गर्न पाउँछन्।

बैंकहरूले जारी भइसकेको त्यही कर्जामा प्रिमियम दर भने पाँच प्रतिशतभन्दा बढी राख्न भने पाउँदैनन्।  बैंकहरूले प्रिमियम दरमा समेत हेरफेर गरेर ब्याजदर उठाएपछि राष्ट्र बैंकले यस्तो कारवाही गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved