सर्लाहीको कौडेना गाउँपालिकामा- ‘नो रोड नो भोट’

स्थानीयले उम्मेदवारलाई गाउँ छिर्न दिएनन्

कौडेनाका युवाले “नो रोड, नो भोट” उल्लेखित प्लेकार्ड बोकेर नारावाजी पनि गरेका छन् । हुलाकी राजमार्ग र गाउँको सडक नबनेको भन्दै आक्रोशित स्थानीय बासिन्दाले राजगार्गमा ढाट राखेर र टायर बालेर प्रदर्शन गरेका छन् । 

सर्लाहीको कौडेना गाउँपालिकामा- ‘नो रोड नो भोट’

 सर्लाही। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको लागि प्रचारप्रसार सुरु गरेका उम्मेदवारलाई सर्लाहीको एक गाउँमा भने स्थानीयले प्रवेशमा रोक लगाएका छन्।

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कौडेना गाउँपालिका-३ का बासिन्दाले उम्मेदवार र उनीहरूका प्रतिनिधिलाई गाउँ छिर्न रोक लगाएका हुन् ।

कौडेनाका युवाले “नो रोड, नो भोट” उल्लेखित प्लेकार्ड बोकेर नारावाजी पनि गरेका छन् । हुलाकी राजमार्ग र गाउँको सडक नबनेको भन्दै आक्रोशित स्थानीय बासिन्दाले राजगार्गमा ढाट राखेर र टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रदर्शनको नेतृत्व गरेका कौडेना गाउँपालिका-३ का वडाध्यक्ष पचु चौधरीले नेता र नेतृत्वबाट पटक-पटक धोका भएको बताए । उनले हुलाकी राजमार्ग पीच नगरेकै कारण धुलोले गाउँलेको स्वास्थ्य समेत विग्रिएको गुनासो गरे । ‘यो सडक नबनेका कारण हजारौंको जनजीवन कठिन भएको छ,’ उनले भने ।

नाराबाजीमा उत्रिएका मनोज पासवानका अनुसार भोट माग्न आउने नेता चढेको चिल्ला गाडीले उडाएको धुलोले अहिले झन सास्ती खेप्नु परेको छ।

सर्लाही–२ बाट प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादव, लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतो, नेकपा एमालेका राजनारायण साह सहित १७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved