माओवादी केन्द्र प्रदेश १ को प्रतिबद्धता पत्र- ‘एक घर एक रोजगारी’देखि उत्पादनको आधारमा अनुदानसम्म (पूर्णपाठ)

माओवादी केन्द्र, प्रदेश नं. १ ले ‘एक घर, एक धारा’ कार्यक्रमलाई मूर्तरूप दिएर प्रदेशवासीलाई खानेपानी तथा सिँचाइबाट वञ्चित नगर्ने प्रतिबद्धता जनाएको छ ।

नेपालभ्युज

माओवादी केन्द्र प्रदेश १ को प्रतिबद्धता पत्र- ‘एक घर एक रोजगारी’देखि उत्पादनको आधारमा अनुदानसम्म (पूर्णपाठ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) प्रदेश नं. १ ले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आसन्न प्रादेशिक निर्वाचनका लागि जारी गरिएको पत्रमा विभिन्न प्रतिबद्धताहरू समेटिएका छन् ।

प्रतिबद्धता पत्रमा ‘उत्पादनमुखी विकास र समुन्नत समाज समाजवादको आधार, सुदृढ संघीयतासहित समृद्ध प्रदेशका लागि माओवादी सरकार’ उल्लेख गरिएको छ । यस्तै उसले अबको ५ वर्षभित्र प्रदेश राजधानीको बाँकी भौतिक पूर्वाधार सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

माओवादीले ‘एक घर, एक रोजगारी’ कार्यक्रममार्फत प्रदेशवासीलाई उत्पादनसँग जोड्ने प्रतिबद्धता पनि जनाएको छ । उसले ‘एक घर, एक धारा’ कार्यक्रमलाई मूर्तरूप दिएर प्रदेशवासीलाई खानेपानी तथा सिँचाइबाट वञ्चित नगर्ने भनेको छ ।

यस्तै माओवादीको प्रतिबद्धता पत्रमा प्रदेशको आर्थिक विकास, स्वास्थ्य पूर्वाधार, सडक पुल, खानेपानी सिँचाइ र ऊर्जा, सुशासन, सुशासन, सामाजिक सुरक्षा, पर्यटन तथा संस्कृति, खेलकुद तथा रोजगारीलगायतका विषय समेटिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved