अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण गर्ने अभियुक्त पक्राउ

नेपालभ्युज

अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण गर्ने अभियुक्त पक्राउ

वासिङटन डिसी।

अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण गर्ने अभियुक्त पक्राउ परेका छन् ।   श्रीमान् पाउल पेलोसीमाथि आक्रमण भएको थियो। उनको सान फ्रान्सिस्कोको घरभित्र पसेर आक्रमणकारीले उनीमाथि हथौडाले ‘आक्रमण’ गरेका हुन्।

यो आक्रमणपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ। उनको शल्यक्रिया गरिएको छ । यस आक्रमणमा ८२ वर्षीय पाउल पेलोसीको टाउको फुटेको छ र दाहिने हातमा गम्भीर चोट लागेको छ। पल पेलोसीका प्रवक्ता ड्र्यू ह्यामिलका अनुसार आक्रमण शुक्रबार बिहान भएको हो।

४२ वर्षीय आक्रमणकारीले जबरजस्ती पेलोसीको घरमा पसेपछि आफ्नी श्रीमती न्यान्सी पेलोसीसँग भेटाइदिन माग गरेको बताइएको छ । हत्या प्रयासको आरोपमा अभियुक्त पक्राउ परेका छन् । तर, आक्रमणको कारण भने खुल्न सकेको छैन ।

विलियम स्कटले आरोपीलाई घातक हतियार, चोरी र अन्य धेरै अपराधहरूको साथ आक्रमणको आरोप लगाइएको छ। अहिले आरोपी डेपेप पनि अस्पतालमा भर्ना छन् । बीबीसी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved