मदिरा सेवन गर्दा उत्पन्न विवादपछि खुकुरी प्रहार गरी हत्या

नेपालभ्युज

मदिरा सेवन गर्दा उत्पन्न विवादपछि खुकुरी प्रहार गरी हत्या
सांकेतिक तस्विर

काठमाडौं। चितवनको माडी नगरपालिका-४ घोसरीमा एक व्यक्तिको खुकुरी प्रहार गरी हत्या भएको छ।

सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि एक व्यक्तिले आफ्नै साथीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ३३ वर्षीय जीवन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

नेपालीको शुक्रबार राती करिब १० बजे हत्या भएको अनुमान प्रहरीले गरेको छ। घटनास्थल नजिकै रगतमा लतपतिएको खुकुरी फेला परेको उनले जानकारी दिए। नेपालीको हत्या गरेको आरोपमा प्रहरीले उनकै साथी नवलपरासी बस्ने ३४ वर्षीय एक युवकलाई माडी-३ इनारबरुवाबाट पक्राउ गरेको छ। पक्राउ गरिएका व्यक्तिको पहिचान भने प्रहरीले खुलाएको छैन।

घटनास्थलमा अत्यधिक रगत बगेको र भुईंमा घोप्टिएको अवस्थामा नेपालीको शव भेटिएपछि स्थानीयले प्रहरीलाई राती १२ बजे खबर गरेका थिए। नेपालीमाथि खुकुरी प्रहार गरेर भाग्ने क्रममा आरोपितले घोसरी गाउँमै घरमा सुतिरहेकी एक महिलाको गहना समेत लुटपाट गरेको खुलेको छ। प्रहरीले अनुसन्धान भइरहेकाले उनको पहिचान नखुलाएको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved