बेलायतमा ऋषि सुनकको प्रधानमन्त्रीत्व : एक सरल परिघटनाको गम्भीर अर्थ

ऋषि पत्नी अक्षता मूर्तीको अहिले पनि भारतीय नागरिकता छ । ऋषिको प्रधानमन्त्रीत्व आप्रबासी तथा अल्पसंख्यक समुदायको बढ्दो विश्व स्वीकार्यताको प्रमाण पनि हो । नागरिक तथा बहुसाँस्कृतिक राष्ट्रवादको युगमा संकिर्ण राष्ट्रवाद शिथिल हुँदै गएको प्रमाण पनि हो ।

बेलायतमा ऋषि सुनकको प्रधानमन्त्रीत्व : एक सरल परिघटनाको गम्भीर अर्थ

भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतको प्रधानमन्त्री भएका छन्। बेलायत त्यही देश हो, जो दोस्रो विश्वयुद्ध अघि ‘कहिल्यै घाम नअस्ताउने महासाम्राज्य’ थियो । र, बेलायती साम्राज्यको एउटा महत्त्वपूर्ण उपनिवेश थियो– भारत ।
बेलायतीहरु ठान्थे– ‘बरु अरु सबै उपनिवेश नरहुन् तर भारत बेलायती साम्राज्यको हातबाट कहिल्यै नगुमोस । जुन दिन बेलायतको हातबाट भारत गुम्नेछ– विश्वराजनीतिमा बेलायतको भूमिका र महत्व आधा कमजोर हुनेछ ।’ नभन्दै यो भनाई सही सावित भएको थियो । दोस्रो विश्वयुद्धको अन्त्य र भारतको स्वतन्त्रतापछि बेलायतको स्थान निक्कै कमजोर भयो ।

तर, ‘हिङ नभए पनि हिङ बाँधेको टालो’ भनेझैं बेलायत अझै शक्ति राष्ट्रमध्ये एक मानिँदै आएको छ । संयुक्त राष्ट्र संघमा यो भिटो प्राप्त राष्ट्र छ । सधैं विश्वका ५ ठूला अर्थतन्त्रमध्ये एक रहँदै आएको थियो । तर, गत जुनमा अन्तर्राष्ट्रिय मुद्राकोषले एक प्रतिवेदनमा यो औँल्यायो कि बेलायती अर्थतन्त्र अब ठूला ५ मा रहेन। अर्थतन्त्रको आकारमा बेलायतलाई जित्दै स्वतन्त्रताको ७५ वर्षपछि भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र बन्न सफल भयो । बेलायत छैटौं स्थानमा खस्कियो ।

बेलायतका पछिल्ला राजनीतिक संकट राजनीतिकभन्दा बढी आर्थिक संकटका उपज हुन् । कुनै बेला असीमित रुपमा फैलिने आकांक्षा राख्ने साम्राज्यवादी देश बेलायतले सन् २०१० पछि ‘फैलिने हैन, खुम्चिएर अस्तित्व रक्षा गर्ने’ मनोविज्ञान प्रस्तुत गर्न थाल्यो । बेलायतीले विश्वमा आफ्ना पुराना उपनिवेशबाट हुने आप्रवासनबाट मात्र हैन, युरोपेली मुद्रा र व्यापारमा समेत चुनौतीको अनुभूति गर्न थालेका थिए ।

त्यसैको परिणाम थियो– सन् २०१६ को ब्रेक्जिट । ब्रेक्जिटले बेलायतलाई युरोपियन यृुनियनबाट मात्रै बाहिर निकालेन, एक भर्भराउँदा राजनीतिक नक्षेत्र, तत्कालिन प्रधानमन्त्री डेविड क्यामरुनको राजनीतिक जीवन नै समाप्त गर्दियो । सत्तारुढ कन्जर्भेटिभ पार्टीभित्र बोरिस जोनसन क्यामरुनका नयाँ वैचारिक प्रतिस्पर्धीका रुपमा उदाए । त्यो बेला जोनसन लन्डनको मेयर थिए । उनको आक्रामक अभियान सामु क्यामरुन फिका सावित भएका थिए ।

सुनकको उदय एक खास परिस्थितिको उपज हो । विशेषतः आर्थिक परिस्थितिको । आर्थिक परिस्थितिले सिर्जना गरेको राजनीतिक संकटबीच सुनक सबैका लागि स्वीकार्य भएका हुन् । बेलायती साम्राज्यको भरोसा यतिखेर उपनिवेशको सन्तानमाथि टिकेको छ । ऋषी सुनकको आर्थिक विज्ञताले देशलाई संकटबाट बाहिर ल्याउने आशा बेलायतीले गरेका छन्। 

बेलायतमा आर्थिक संकटको श्रृंखला ब्रेक्जिटबाटै सुरुवात भएको हो । तर, त्यसपछि थप दुई ठूला परिघटना आए–कोविड–१९ र युक्रेन युद्ध । तत्कालीन प्रधानमन्त्री जोनसनले सुरुमा कोभिड–१९ लाई खासै पत्याएका थिएनन् । तर, यसको संकट जब गहिरिदै गयो, उनी आफ्ना मान्यताबाट पछि हटेर महाव्याधीलाई ह्यान्डल गर्न गम्भीर हुन थाले ।

यही परिदृष्यमा बेलायती राजनीतिमा ऋषि सुनकले ध्यान खिचेका थिए। उनी कोभिड–१९ चरमोत्कर्षमा पुगेको बेला जोनसन सरकारका अर्थमन्त्री थिए । ऋषि अर्थमन्त्री हुँदा ३९ वर्षका थिए । उनको शैक्षिक पृष्ठभूमि र आर्थिक विशेषज्ञताले त्यो जिम्मेवारीका लागि प्रेरित गरेको थियो । अक्सफोर्ड तथा स्टान्डफोर्डका उत्पादन सुनक अर्थशास्त्रकै विद्यार्थी हुन् । पछिल्लो पुस्ताका राजनीतिज्ञमा उनलाई आर्थिक मामिलाको राम्रो ज्ञाता मानिन्छ।

सुनकको उदय एक खास परिस्थितिको उपज हो । विशेषतः आर्थिक परिस्थितिको । आर्थिक परिस्थितिले सिर्जना गरेको राजनीतिक संकटबीच सुनक सबैका लागि स्वीकार्य भएका हुन् । बेलायती साम्राज्यको भरोसा यतिखेर उपनिवेशको सन्तानमाथि टिकेको छ । ऋषि सुनकको आर्थिक विज्ञताले देशलाई संकटबाट बाहिर ल्याउने आशा बेलायतीले गरेका छन्।

सुनकको परिवार भारतको पञ्जाबबाट हजुरबाको पालामा अफ्रिका हुँदै बेलायत पुगेको थियो । उनका पिता यसबीर सुनकको जन्म केन्यामा भएको थियो भने माता उषा सुनक भारतीय मूल की तान्जानीयाली हुन् । वैदेशिक आप्रवासनको क्रममा सुनक परिवारले अनेकौं उतरचडाव भोगेको थियो । सन् १९६० देखि उनको परिवार निरन्तर बेलायतमा बस्दै आएको छ। ऋषि बेलायतमै जन्मिएका हुन् । 

ऋषि सुनकको जन्म सन् १९८० मा वेलायतको साउथेम्पटनमा भएको थियो । उनले लिंकन, अक्फोर्ड, स्टान्डफोर्डमा दर्शन, राजनीतिशास्त्र र अर्थशास्त्र पढेका थिए । सुनक बेलायतको प्रधानमन्त्री हुनु विश्व राजनीतिमा आफैमा एक ठूलो परिघटना बन्न पुगेको छ। उनी बेलायतको पहिलो एसियाली, पहिलो भारतीय मूलको र पहिलो ‘कलर’ प्रधानमन्त्री बन्न पुगेका छन् ।

सुनकको परिवार भारतको पञ्जाबबाट हजुरबाको पालामा अफ्रिका हुँदै बेलायत पुगेको थियो । उनका पिता यसबीर सुनकको जन्म केन्यामा भएको थियो भने माता उषा सुनक भारतीय मूल की तान्जानीयाली हुन् । वैदेशिक आप्रवासनको क्रममा सुनक परिवारले अनेकौं उतरचडाव भोगेको थियो । सन् १९६० देखि उनको परिवार निरन्तर बेलायतमा बस्दै आएको छ। ऋषि बेलायतमै जन्मिएका हुन् ।

ऋषिले भारतीय खर्बपति नारायण मुर्तीकी छोरीसँग बिबाह गरेका छन्। ऋषि पत्नी अक्षता मूर्तीको अहिले पनि भारतीय नागरिकता छ । ऋषिको प्रधानमन्त्रीत्व आप्रबासी तथा अल्पसंख्यक समुदायको बढ्दो विश्व स्वीकार्यताको प्रमाण पनि हो । नागरिक तथा बहुसाँस्कृतिक राष्ट्रवादको युगमा संकिर्ण राष्ट्रवाद शिथिल हुँदै गएको प्रमाण पनि हो ।

सन् २०१४ को आम चुनावमा उनी पहिलो पटक बेलायती तल्लो सभाको सांसद निर्वाचित भएका थिए । प्रधानमन्त्री थेरेसा मेको सरकारका उनको स्थान जुनियर मन्त्रीको थियो । बोरिस जोनसनसँग मतभेद भएपछि गत जुलाई ५ मा सुनकले अर्थमन्त्रीबाट राजीनामा गरेका थिए । सुनकको राजीनामाले जोनसन सरकार झनै संकटमा फसेको थियो । एकपछि अर्को गर्दै थप मन्त्रीले राजीनामा गरे । अन्ततः जोनसन आफै राजीनामा गर्न बाध्य भएका थिए ।

तत्पश्चात टोरी दलले नयाँ नेता छनोटको प्रक्रिया सुरु गरेको थियो । संसदीय दलभित्रको चुनावको अन्तिम चरणमा उनले १३७ मत पाए जबकी उनकी प्रमुख प्रतिस्पर्धी विदेशमन्त्री लिज ट्रुसले ११३ मत मात्रै पाएकी थिइन । संसदीय दलमा ट्रसभन्दा बढी सांसदको समर्थन पाएर पनि पार्टी सदस्य बीचको चुनावमा भने उनी लिज ट्रससँग पराजित भएका थिए । करिब १ लाख ७० हज्जार पार्टी सदस्यले भाग लिएको त्यो निर्वाचनमा ट्रस फराकिलो अन्तरले विजयी भएर प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन ।

सुनकको सम्भावना समाप्त भएको ठानिएको थियो । तर, राजनीति असीमित संभावनाको खेल हो । प्रधानमन्त्री भएको ४५ दिन मै ट्रसले राजीनामा गर्दै भनिन कि उनले वाचा गरेजस्तो काम गर्न सकिनन् । ट्रुसको कार्यकालमा देशको आर्थिक संकट झनै बढेको थियो । छोटो अबधिमै उनी अलोकप्रिय हुन थालेकी थिएन । तथापि, ट्रसको राजीनामा अनपेक्षित थियो । त्यसपछि कन्जर्भेटिभ पार्टीले नयाँ नेता छनोटको प्रक्रिया सुरुवात गरेको थियो ।

उनले मुख्य तीनवटा बाचा गरेका छन्। एक– अर्थतन्त्रलाई सुनिश्चित गर्ने, दुई– कन्जर्भेटिभ पार्टीको एकता कायम राख्ने र तीन– देशका लागि डेलिभर गर्ने । जसरी अप्ठ्यारो बाटो हिडेर उनी यो पदसम्म पुगेका छन्, त्यसरी नै पदमा बनिरहन भने निक्कै ठूला चुनौतीको समाना गर्नु पर्नेछ । 

यसपटक गत जुलाईमा जस्तो पूर्ण प्रक्रिया अवलम्बन गरिएको थिएन । कन्जर्भेटिभ नेता छनोटको अघिल्लो प्रक्रियामा २० उम्मेद्वार सहभागी थिए । करिब २ महिना लगाएर अन्तिम दुई बीच मतदान भएको थियो । यसपटक कन्जर्भेटिभ पार्टीको कार्यसमितिले पार्टी संसदीय दलमा १०० सांसदको समर्थन जुटाउन सक्ने दुई उम्मेद्वारबीच मात्र चुनाव गराउने निर्णय गरेको थियो ।

यसक्रममा पूर्व प्रधानमन्त्री बोरिस जोनसन र ऋषि सुनक सामेल थिए । जोनसन फेरि प्रधानमन्त्रीका रूपमा फर्किने आकांक्षा राख्थे । उनी सुनकको बाटोमा तगारो बनेर देखा परे । तर, यसपटक समयले सुनकलाई साथ दियो । बोरिसले आवश्यक १०० सांसदको समर्थन जुटाउन सकेनन् । उनको पक्षमा ६० सांसद मात्रै देखिए भने सुनकको समर्थनमा १५० सांसदले सनाखत गरेका थिए । पछि यो संख्या बढेर १८५ पुग्यो ।

संसदीय दलबाट एकल उम्मेद्वार छनोट भएका कारणले प्रक्रियालाई पार्टी सदस्य बीचको निर्वाचनमा लैजानै परेन । यसरी सुनक बेलायतको प्रधानमन्त्री हुन पुगे ।

उनले मुख्य तीनवटा वाचा गरेका छन्। एक– अर्थतन्त्रलाई सुनिश्चित गर्ने, दुई– कन्जर्भेटिभ पार्टीको एकता कायम राख्ने र तीन– देशका लागि डेलिभर गर्ने । जसरी अप्ठ्यारो बाटो हिँडेर उनी यो पदसम्म पुगेका छन्, त्यसरी नै पदमा बनिरहन भने निक्कै ठूला चुनौतीको सामना गर्नुपर्नेछ ।

प्रधानमन्त्रीका रूपमा उनको कार्यकाल कस्तो रहन्छ ? त्यो पाटो बाँकी नै छ । तर, उनले चुमेको सफलताले धेरैमा आशाको सञ्चार गरेको छ । यदि प्रधानमन्त्रीका रूपमा उनी सफल हुन सके भने त्यसले इतिहासमा थप्ने अध्याय उत्तिकै रोचक र महत्त्वपूर्ण हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved