दुई महिनामा १ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो

अघिल्लो तुलनामा विप्रेषण झण्डै २० प्रतिशतले वृद्धि

नेपालभ्युज

दुई महिनामा १ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो
फाइल तश्वीर

काठमाडौं। अघिल्लो वर्षको तुलनामा यस वर्ष रेमिट्यान्स झण्डै २० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा रेमिट्यान्स १९.८ प्रतिशतले बढ्दै १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भई १,०३,८९८ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९,१८९ पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.० प्रतिशतले घटेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved