राष्ट्रिय खेलकुदमा सहभागी ४० खेलाडीको एन्टिडोपिङ परीक्षण गर्न नमूना कतार पठाइयो

नेपालभ्युज

राष्ट्रिय खेलकुदमा सहभागी ४० खेलाडीको एन्टिडोपिङ परीक्षण गर्न नमूना कतार पठाइयो

काठमाडौं। राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक खेलाडीहरूको डोपिङ परीक्षण गरिएको छ। असोज २८ गते औपचारिक उदघाटन भएपछि नै डोपिङको नमूना संकलन थालिएको राखेपले जनाएको छ।

विभिन्न प्रतियोगितामा सहभागी ४० खेलाडीको एन्टिडोपिङ नमूना संकलन गरी परीक्षण गर्न कतार पठाइएको एन्टिडोपिङ परीक्षण उपसमितिका सचिव डा. ज्ञानेन्द्र शाहले जानकारी दिए।

उनले ४० जना खेलाडीको र्‍याण्डम्ली नमूना संकलन गरिएको र यसले नेपाली राष्ट्रिय खेलकुदको स्वच्छता बढाउन सहयोग पुर्‍याउने विश्वास लिएको बताए।

दक्षिण एसियाली खेलकुदकै इतिहासमा पहिलोपटक यति ठूलो संख्यामा एन्टिडोपिङ परीक्षण गरिएको उनले दाबी गरे। नवौं राष्ट्रिय खेलकुदका लागि ३ विभागीय, १ एनआरएनए र ७ प्रदेशसहित ११ टिम सहभागी छन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतका ३६ प्रतियोगितामा करिब ७ हजार खेलाडी सहभागी भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved