राष्ट्रबैँकले आजदेखि सुनचाँदीका सिक्का विक्री गर्दै, किन्न कहाँ जाने ?

नेपालभ्युज

राष्ट्रबैँकले आजदेखि सुनचाँदीका सिक्का विक्री गर्दै, किन्न कहाँ जाने ?

काठमाडौं।  तिहारको धनतेरस अवसर पारेर  आज बिहीबारदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री गर्दै छ । पर्याप्त मौज्दात रहेकाले माग अनुसार वर्षभर नै सुन र चाँदीको सिक्का बिक्री गर्दै आएको राष्ट्र बैंकले धनतेरसलाई नै लक्षित गरेर बिहीबार देखि बिक्री सुरु गर्ने राष्ट्र बैंक टक्सार विभाग प्रमुख विनोदराज आचार्यले बताए ।

राष्ट्र बैंकले काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट ती सिक्काको बिक्री गर्नेछ । धनतेरसमा प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक/एक थान असर्फी विक्री हुनेछ ।

असर्फी व्यक्ति वा संस्था दुबैले खरिद गर्न सक्छन् । व्यक्तिलाई असर्फी बिक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम २ सय रुपैयाँ थप गरी दैनिक मूल्य तय गर्छ । तर, संस्थाको हकमा प्रतिग्राम तीन सय रुपैयाँ थप गरिने राष्ट्र बैंकले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved