नवौं राष्ट्रिय खेलकुद : महिला भारोत्तोलनमा नेपाल पुलिस र एपीएफलाई स्वर्ण

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : महिला भारोत्तोलनमा नेपाल पुलिस र एपीएफलाई स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको भारोत्तोलन महिलातर्फ नेपाल पुलिसले स्वर्ण जितेको छ । बुधबार भएको खेलमा पुलिसका लागि विद्या राईले स्वर्ण जितेकी हुन् ।

८७ केजी माथिको तौल समूहमा विद्याले स्न्याचतर्फ ७६ र क्लिन एन्ड जर्कमा ८८ गरी कुल १६४ केजी उचाल्दै स्वर्ण जितिन् । यसअघि, स्न्याचमा ७५ केजीको कीर्तिमान तोड्दै विद्याले स्वर्ण जितिन् ।

पुलिसकी जयन्ती श्रेष्ठले भने स्न्याचमा ६३ तथा क्लीन एण्ड जर्कमा ७४ गर्दै कुल १३७ केजी उचाल्दै रजत जितिन् । नेपाल आर्मीकी अस्मिता राईले भने कास्य जित्न सफल भइन् । उनले स्न्याचमा ५७ तथा क्लिन एन्ड जर्कमा ८८ गर्दै कुल १२५ केजी उचालिन् ।

भारोत्तोलनमा एपीएफले पहिलो स्वर्ण ८७ केजी तौल समूहमा जितेको छ । एपीएफकी निशा बलालले सो समूहमा स्वर्ण जितिन् । उनले स्न्याचमा ६२ तथा क्लीन एन्ड जर्कमा ७७ गर्दै कुल १३८ केजी उचालिन् ।

यस्तै, एपीएफकी शिखा थापाले रजत पदक जितिन् । उनले स्न्याचतर्फ ४० तथा क्लिन एन्ड जर्कमा ५३ गर्दै कुल ९३ केजी उचालिन् । यस्तै, गण्डकीकी सिन्जल श्रेष्ठले कास्य पदक जितिन् । उनले स्न्याचमा ४० तथा क्लिन एन्ड जर्कमा ५० गर्दै कुल ९० केजी उठाइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved