नवौं राष्ट्रिय खेलकुद : साइक्लिङमा एपीएफ र नेपाल आर्मीलाई स्वर्ण

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : साइक्लिङमा एपीएफ र नेपाल आर्मीलाई स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको साइक्लिङ इन्डिभिज्युल टाइम ट्रायलमा पुरुषतर्फ एपीएफ क्लबले र महिलातर्फ नेपाल आर्मी स्वर्ण जितेका छन् । मङ्गलबार भएको खेलमा पुरुष तर्फ सुरज रानामगर र महिलातर्फ उषा खनालले स्वर्ण जितेका हुन् ।

पुरुषतर्फ २० किलोमिटरको दूरी सुरजले ३४ मिनेट ४ सकेन्ड  ३०९ मिलिसकेन्डमा पूरा गरे । हिमाल टमाटाले सो दूरी ३६ मिनेट ४५ सेकेण्ड ४१९ मिलिसकेन्डमा पूरा गर्दै रजत जित्न सफल भए । एपीएफका लक्ष्मण मल्ले सो दूरी ३६ मिनेट ५० सकेन्ड ४४६ मिलिसकेन्डमा पूरा गर्दै कांस्य जिते ।

महिलातर्फ भने २० किलोमिटरको दूरी उषाले ३८ मिनेट ३१ सकेन्ड ४१० मिलि सकेन्डमा पूरा गर्दै नेपाल आर्मीका लागि स्वर्ण जितिन् । एपीएफकी हुमी बुढामगरले सो दूरी ४२ मिनेट २० सकेन्ड ८८६ मिलिसकेन्डमा पुरा गर्दै रजत पदक जितिन् । सो दूरी ४२ मिनेट ५५ सकेन्ड ९६२ मिलिसकेन्डमा पूरा गर्दै नेपाल आर्मीकै मञ्जु कुमारी खड्काले कांस्य पदक जिते ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved