नवौं राष्ट्रिय खेलकुद : स्वर्णका लागि विभागीय डर्बीमा एपीएफ र पुलिस भिड्ने

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : स्वर्णका लागि विभागीय डर्बीमा एपीएफ र पुलिस भिड्ने

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा लगातार तेस्रो जित निकाल्दैँ नेपाल पुलिस क्लब फाइनल पुगेको छ । सोमबार भएको खेलमा पुलिसले बागमतीलाई ३६ रनले पराजित गरेको हो ।

टस जितेर बागमतीले पहिले फिल्डिङ रोजेसँगै पुलिस ब्याटिङमा उत्रियो । पुलिसले २० ओभरमा ४ विकेट गुमाएर १२३ रन बनायो । उसको लागि काजल श्रेष्ठले ४६ र कविता कुँवरले २६ रन बनाइन् । बागमतीका लागि अस्मिना कर्मचार्य, खुसी डङ्गोल र सुमन खतिवडाले १–१ विकेट लिए ।

१२४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको बागमतीले २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनायो । उसको लागि सुमनले २३ र अस्मिनाले १८ रन बनाए । नेपाल पुलिसका लागि कबिता कुँवरले ३, ईश्वरी विष्टले २ तथा रुबिना क्षेत्री र संगीता राईले १–१ विकेट लिए । ईश्वरीले एक ओभरमा नै २ विकेट लिए । उनले ४ ओभरको दोस्रो र अन्तिम बलमा २ विकेट लिए ।

यससँगै उपाधिका लागि नेपाल पुलिस र एपीएफ फाइनलमा भिड्ने भएका छन् । तेस्रो स्थानका लागि भने लुम्बिनी र बागमती भिड्ने छन् । यसअघि भएको खेलमा एपीएफले लुम्बिनीलाई ६७ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved