चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन सुरु

महाधिवेशनमा २२ सय ९६ जना प्रतिनिधिले भाग लिएका छन् । एक सय वर्ष भन्दा लामो इतिहास भएको सीपीसी विश्वकै धेरै सदस्यता भएको पार्टी हो । चीनभरि सीपीसीका ९ करोड ६० लाख पार्टी सदस्यहरू रहेका छन् ।

नेपालभ्युज

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन सुरु

बेइजिङ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २०औँ महाधिवेशन सुरु भएको छ । बेइजिङको ग्रेट हल अफ द पिपुल्समा सुरू भएको महाधिवेशनलाई पार्टीका अध्यक्ष तथा राष्ट्रपति सी चिनफिङले उद्घाटन सम्बोधन गरेका छन् । महाधिवेशनमा २२ सय ९६ जना प्रतिनिधिले भाग लिएका छन् । एक सय वर्ष भन्दा लामो इतिहास भएको सीपीसी विश्वकै धेरै सदस्यता भएको पार्टी हो । चीनभरि सीपीसीका ९ करोड ६० लाख पार्टी सदस्यहरू रहेका छन् ।

महाधिवेशनमा सीपीसी, केन्द्रीय समितिको अनुशासन निरीक्षण आयोगको प्रतिवेदनमाथि लेखाजोखा गरेर पार्टीका महत्त्वपूर्ण विषयहरुबारे छलफल र निर्णय गर्ने तथा कम्युनिस्ट पार्टीको नयाँ केन्द्रीय समिति र नयाँ केन्द्रीय अनुशासन निरीक्षण आयोगको निर्वाचन गर्ने कार्यक्रम छ।

सात दिनसम्म चल्ने यस महाधिवेशनले चीनलाई आगामी पाँच वर्षसम्मको लागि दिशानिर्देश गर्नेछ ।

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनको रिपोर्टिङ गर्न विदेशबाट ९ सयसहित कुल २५ सय पत्रकारहरू बेइजिङमा भेला भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved