अमेरिकामा १६ वर्षका किशोरले गोली चलाउँदा पाँच जनाको ज्यान गयो

नेपालभ्युज

अमेरिकामा १६ वर्षका किशोरले गोली चलाउँदा पाँच जनाको ज्यान गयो

नर्थ क्यारोलिना। अमेरिकाको नर्थ क्यारोलिनामा बिहीबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मृत्यु हुनेमा एक प्रहरी अधिकारी पनि छन् ।

घटना स्थानीय समय अनुसार साँझ ५ बजे भएको हो । उत्तरी क्यारोलिनाका मेयर मेरी एन बाल्डविनले गोलीबारीमा प्रहरीसहित दुई जना पनि घाइते भएको बताएका छन् । मेयरले घटनाको बारेमा थप विवरण दिएनन्  ।

उनले भने, “हामीले अमेरिकामा यस्ता अनियन्त्रित हिंसा रोक्नु पर्छ।” संदिग्ध आक्रमणकारी एक १६ वर्षका किशोर भएको अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved