बारा हत्या प्रकरण: घाइते अवस्थामा पक्राउ परे मृतकका श्रीमान्

नेपालभ्युज

काठमाडौं । बाराको प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँ गाउँभन्दा २ किलोमिटर उत्तरी क्षेत्रमा मृत भेटिएका  २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरीको हत्या भएको खुलेको छ ।

प्रारम्भिक अनुसन्धानमा उनीहरुको घाँटी रेटेर हत्या भएको हुनसक्ने  प्रहरीले अनुमान गरेको छ । सुजाताका श्रीमान् भागेको अवस्थामा दुर्घटना हुँदा घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

अस्पतालमा उपचार भइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको  जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए  ।

प्रहरीले  घरायसी विवादमा हत्या भएको हुनसक्ने आशंका गरेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved